"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कसरी मेटियो बजेट निर्माणका बेलाको सीसीटीभी फुटेज ?

प्रकाशित मिति :  3 July, 2022 7:15 pm


काठमाडौँ । अर्थ मन्त्रालयले बजेटभन्दा अघिल्लो दिन (जेठ १४) गते रातिको सीसीटीभी फुटेज मेटिएको जनाएको छ । जेठ १४ गते राति अर्थमन्त्री जनार्दन शर्माले बाहिरिया व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराई ती व्यक्तिको सुझावका आधारमा करका दर हेरफेर गरेको आरोप लागेका बेला मन्त्रालयले सीसीटीभी फुटेज मेटिएको भन्दै पन्छिएको छ । 

उपभोक्ता हित संरक्षण मञ्चका तर्फबाट जयप्रसाद पाैडेलले जेठ १४ गते रातिको सीसीटीभी फुटेज उपलब्ध गराई सूचनाको हक प्रदान गर्न निवेदन दिएका थिए । सो निवेदनको जवाफ दिँदै अर्थ मन्त्रालय योजना, अनुगमन तथा मूल्यांकन महाशाखाले भनेको छ ‘मन्त्रालयमा जडान भएको सीसीटीभीको क्षमता र जडान भएको क्यामेराको आधारमा बढीमा १३ दिनसम्मको मात्रै सीसीटीभी फुटेज अभिलेखमा रहने र तत्पश्चत पहिलेको अभिलेख क्रमश: मेटिँदै जाने भनी लेखी आएको हुँदा सोही ब्यहोरा सूचना तथा जानकारी गराइएको आदेशानुसार अनुरोध गर्दछु ।’ अनुसन्धानका लागि सीसीटीभीबाट खिचिएका यस्ता दृष्य ३ महिनासम्म सुरक्षित राख्नुपर्ने सीसीटीभी जडान तथा सञ्चालन सम्बन्धी कार्यविधिमा व्यवस्था गरिएको छ ।

अर्थ मन्त्रालय जवाफ दिँदै (पत्रसहित)



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – सर्लाहीको बागमती नगरपालिकास्थित ‘भरत ताल’ (बागमती पर्यटकीय पार्क तथा रिसोर्ट) निर्माण आयोजनामा करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग

काठमाडौँ – आर्थिक वर्ष २०८२/८३ मा मुलुकको वैदेशिक व्यापारको आकार २४ खर्ब ११ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ। गत आवमा

काठमाडौं – विभिन्न व्यवसायीक संघसंस्था र उद्यमीहरुसँग भेटवार्ता गर्दै आएका प्रधानमन्त्री बालेन शाहले आज चिया उद्योगीहरुसँग छलफल गर्दैछन् । भेटघाटमा

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिना (साउन-जेठ) मा २१ खर्ब २० अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ