"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

आज अपर हेवाखोला हाइड्रोपावरको आईपीओ बाँडफाँट हुँदै

प्रकाशित मिति :  16 July, 2022 2:34 pm


काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनीको साधारण सेयर (आईपीओ) बाँडफाँट भएको छ । आज बाँडफाँट भएको कम्पनीको सेयरमा आवेदन गरेका १३ लाख १३ हजार २५३ जनाको हात खाली भएको छ ।
१ लाख ३९ हजार ५०० जनाले १० कित्ताका दरले आईपीओ पाउँदा उक्त आवेदकको हात खाली भएको हो । कम्पनीले असार २४ गतेदेखि २९ गतेसम्म सेयर बिक्री खुलाएको थियो । प्रतिकित्ता १०० रुपैयाँ अंकित १५ लाख कित्ता आईपीओमा आवेदन खुलाइएको थियो । जसमध्ये ३० हजार कित्ता कर्मचारीलाई र सामूहिक लगानी कोषलाई ७५ हजार कित्ता सेयर छुट्याइएको थियो ।

उक्त आईपीओमा १४ लाख ५५ हजार ३८४ जनाले आवेदन दिएका थिए । जसमध्ये २ हजार ८११ जनाको आवेदन रद्ध भएको थियो । बाँकी १४ लाख ५२ हजार ७५३ आवेदनमध्ये १ लाख ३९ हजार ५०० जनाले सेयर पाएका सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ– चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा ७७.५१ प्रतिशतले निर्यात बढेको छ। भन्सार विभागले आइतबार सार्वजनिक गरेको वैदेशिक

काठमाडौं – असोजमा मासिक भित्रिने रेमिट्यान्समा कीर्तिमानी बनेको छ । एकै महिनामा पहिलो पटक मुलुकमा २ खर्ब रेमिट्यान्स भित्रिएको हो

काठमाडौँ- अर्थमन्त्री रामेश्वर खनालले जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएका महत्त्वपूर्ण संरचनाको पुनर्निर्माण दुई महिनापछि सुरु गरिने जानकारी दिएका छन्। सिंहदरबारमा

काठमाडौँ- सरकारले जेनजी आन्दोलनका क्रममा भएको सार्वजनिक संरचनाको क्षतिको पुनःनिर्माणका साथै निर्वाचनका लागि आवश्यक पर्ने रकम व्यवस्थापन गर्न सीमा कायम नहुने