"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

त्रिविको बेथिति : छानबिन नभए ‘कडा आन्दोलन’ गर्ने संयुक्त विद्यार्थी संगठनको चेतावनी

प्रकाशित मिति :  18 July, 2022 11:57 am


काठमाडौं । संयुक्त विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालयमा देखिएका बेथितिको छानबिन नभए ‘कडा आन्दोलन’ गर्ने चेतावनी दिएको छ ।  विभिन्न राजनीतिक दलनिकट विद्यार्थी संगठनहरूले आइतबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएका हुन् । विश्वविद्यालय लामो समयदेखि राजनीतिक भागबन्डा र स्वार्थ समूहको काेपभाजनमा परेको विज्ञप्तिमा उल्लेख छ । 

‘विश्वविद्यालय प्रशासनले समस्या समाधान गर्नुभन्दा बेथितिलाई संस्थागत गर्न मै उद्धत देखिनु दुःखद विषय हो,’ विज्ञप्तिमा भनिएको छ, ‘विश्वविद्यालयको जिम्मेवारी लिएका उपकुलपतिलगायतका पदाधिकारी विश्वविद्यालय र विद्यार्थीहरूका समस्याप्रति उदासीन र लाचार हुनुले विश्वविद्यालयको सम्पूर्ण साख र गरिमामाथि नै प्रश्न उठाएको छ ।’

विश्वविद्यालले व्यवस्थापन संकायमा लिएको परीक्षाको प्रश्नपत्र दोहाेरिएको र निजी कलेजको आन्तरिक परीक्षाको प्रश्नपत्रसँग हुबहु मिलेको विषयमा त्रिविको गम्भीर लापर्बाही भएकाले यसबारे छानबिन गर्न अवकाशप्राप्त प्रोफेसरको नेतृत्वमा उच्चस्तरीय छानबिन कमिटी गठन गरी सत्यतथ्य बाहिर ल्याउन पनि विद्यार्थी संगठनहरूले माग गरेका छन् । 

‘विश्वविद्यालयका साझा मुद्दालाई त्रिवि प्रशासनले सरोकारवाला सबै पक्षसँग छलफल गरी उचित निकास निकाल्न पहल गरोस् अन्यथा संयुक्त विद्यार्थी संगठन कडा आन्दोलनमा जान बाध्य हुनेछौ,’ संयुक्त विज्ञप्तिमा भनिएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ-  २०८२ को एसईईमा ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। परीक्षा नियन्त्रणका अनुसार ४.१७ प्रतिशतले नतिजामा सुधार आएको हो। गत वर्ष

काठमाडौँ- सरकारले विद्यालय तथा उच्च शिक्षामा भर्नाका लागि सञ्चालन हुँदै आएको ‘ब्रिज कोर्स’ बन्द गराउने निर्णय गरेको छ। शिक्षामन्त्री सस्मित पोखरेलले

काठमाडौं – पीएचडी नै नगरी झुटो विवरणका आधारमा त्रिभुवन विश्वविद्यालयको सहपरीक्षा नियन्त्रक नियुक्त गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन

काठमाडौं – घुस लिएको आरोपमा रौतहका एक जना प्रधानाध्यापकविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । जय किसान माध्यमिक