"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

विश्व बैंकबाट १७ अर्ब ऋण स्वीकार गर्ने सरकारको निर्णय

प्रकाशित मिति :  30 August, 2022 4:34 pm


काठमाडौं। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १२ वटा निर्णय गरेको छ। मन्त्रिपरिषद् बैठकका निर्णय सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मङ्गलबार सार्वजनिक गर्नुभएको हो।

सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट डिजिटल नेपाल एक्सलरेसन परियोजनाका लागि १७ अर्ब रुपियाँ सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ। त्यसैगरी सरकारले भदौ २४ गतेदेखि २६ गतेसम्म भुटानमा आयोजना हुने इसिमोडको ५३ औं बोर्ड अफ गभर्नरको बैठकमा सहभागी हुन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेललाई स्वीकृति दिएको सञ्चारमन्त्री कार्कीले जानकारी दिनुभयो। 

सरकारले विभिन्न मन्त्रालय अन्तर्गत सञ्चालित परियोजना र आयोजना सञ्चालन गर्नका लागि अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ। जसमा पाँच वटा मन्त्रालय अन्तर्गतका योजनाका लागि ६६३  अस्थायी दरबन्दी स्वीकृत गरिएको छ। 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

जनकपुरधाम – सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा चार पुस्ताका साथीहरू सँगसँगै रहेकाले आफूले सबैलाई मिलाएर लैजाने बताएका छन्। कांग्रेसको केन्द्रीय

काठमाडौँ – आर्थिक वर्ष २०८२/८३ मा मुलुकको वैदेशिक व्यापारको आकार २४ खर्ब ११ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ। गत आवमा

काठमाडौं – विभिन्न व्यवसायीक संघसंस्था र उद्यमीहरुसँग भेटवार्ता गर्दै आएका प्रधानमन्त्री बालेन शाहले आज चिया उद्योगीहरुसँग छलफल गर्दैछन् । भेटघाटमा