"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

साढे बाइस लाख भ्रष्टाचारको आरोपमा उपसचिवलाई मुद्दा दर्ता

प्रकाशित मिति :  18 September, 2022 5:31 pm


काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नागरिक उड्डयन महाशाखाका उप–सचिव प्रमोद नेपालले भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको छ ।

प्याराग्लाइडिङ सञ्चालनका लागि अनुमति पत्र ९लाइसेन्स० उपलब्ध गराइदिने कामका लागि सेवाग्राहीसँग नगद छ लाख रुपियाँ घुस लिइसकेको र साथमा थप १६ लाख ५० हजार रुपियाँ नगद भेटिएपछि आयोगले अनुसन्धान सुरु गरेको थियो । आयोगले दुवै रकम अवैध कमाइ भएको निष्कर्ष निकालेको छ ।

आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार, उपसचिव नेपालविरुद्ध २२ लाख ५० हजार रुपियाँ बिगो दाबीसहित विशेष अदालतमा अभियोगपत्र दर्ता गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – घुस लिएको आरोपमा रौतहका एक जना प्रधानाध्यापकविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । जय किसान माध्यमिक

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुस्थित विश्वमैत्री आधारभूत विद्यालयका प्रधानाध्यापक विश्वम्भर रैदास र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा थारूविरुद्ध आज

काठमाडौं – आन्तरिक राजस्व कार्यालय धरानका तत्कालीन कर अधिकृत तिलक आलेसहित २ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय इलामका तत्कालीन र हाल भोजपुरमा कार्यरत डिभिजनल वन अधिकृत दानबहादुर श्रेष्ठविरुद्ध गैरकानूनी