"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

साढे बाइस लाख भ्रष्टाचारको आरोपमा उपसचिवलाई मुद्दा दर्ता

प्रकाशित मिति :  18 September, 2022 5:31 pm


काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नागरिक उड्डयन महाशाखाका उप–सचिव प्रमोद नेपालले भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको छ ।

प्याराग्लाइडिङ सञ्चालनका लागि अनुमति पत्र ९लाइसेन्स० उपलब्ध गराइदिने कामका लागि सेवाग्राहीसँग नगद छ लाख रुपियाँ घुस लिइसकेको र साथमा थप १६ लाख ५० हजार रुपियाँ नगद भेटिएपछि आयोगले अनुसन्धान सुरु गरेको थियो । आयोगले दुवै रकम अवैध कमाइ भएको निष्कर्ष निकालेको छ ।

आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार, उपसचिव नेपालविरुद्ध २२ लाख ५० हजार रुपियाँ बिगो दाबीसहित विशेष अदालतमा अभियोगपत्र दर्ता गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको धनगढीमाई नगरपालिकामा रहेको जनता माध्यमिक विद्यालयका एक शिक्षकमाथि विशेष अदालतमा मुद्दा दायर गरेको

काठमाडौं – गैरकानुनी सम्पत्ति आर्जन गरेर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासीको पाल्हीनन्दन गाँउपालिकाका पूर्वअध्यक्ष बैजु प्रसाद गुप्ताविरुद्ध

काठमाडौँ – साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडमा सहायक प्रबन्धक (सातौँ तह) पदमा कार्यरत मनोजकुमार झाविरुद्ध शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेस गरेको मुद्दा