"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनामाथि भ्रष्टाचार मुद्दा

प्रकाशित मिति :  23 September, 2022 1:37 pm


काठमाडौं। खाँदबारी नगर कार्यपालिका, संखुवासभाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कृष्णकुमार निरौलासहित कर्मचारीमाथि भ्रष्टाचार मुद्दा दायर भएको छ। 

 अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले बिहीबार जारी गर्नुभएको विज्ञप्तिमा निरौलासहित तत्कालीन इन्जिनियर सुरज श्रेष्ठ र सव–इन्जिनियर मनोज कुमार चापागाईले आर्थिक वर्ष २०७४÷०७५ मा खाँदबारी नगरपालिका वडा नम्बर ६ स्थित महानन्द चोक हिगुवा हुँदै थलेडाँडा सडक मर्मत कार्यमा परिणामभन्दा बढी परिमाण देखाएको आरोप लागेको छ।

  झुट्टा नापी किताब, भुक्तानी बिल र कार्य सम्पन्न प्रतिवेदन स्वीकृत गरी सरकारलाई हानी पु¥याउने उद्देश्यले निर्धारित सर्त र मापदण्ड विपरीतको निर्माण कार्यका निमित्त उपभोक्ता समितिलाई तीन लाख ७४ हजार १२७ रुपियाँ नोक्सान पु¥याएको भन्दै भ्रष्टाचार मुद्दा दायर भएको हो। 

यसैगरी, आयोगले उपभोक्ता समितिका अध्यक्ष भुवननाथ अधिकारी, सचिव गोपालबहादुर थापा मगर र कोषाध्यक्ष मेनुका तामाङ्गले सडक मर्मत कार्यमा वास्तविकभन्दा बढी कार्य गरेको भनी सम्झौता गरेको स्वीकार गरेको शर्त उल्लंघन गरी सरकारी रकमबाट लाभ लिन खोजेको आरोप लागेको जनाएको छ। 

आरोपितहरुमाथि भ्रष्टाचार निवारण ऐन २०५९ बमोजिम सजायको मागदाबी लिई विशेष अदालतमा आरोपपत्र दायर भएको हो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको धनगढीमाई नगरपालिकामा रहेको जनता माध्यमिक विद्यालयका एक शिक्षकमाथि विशेष अदालतमा मुद्दा दायर गरेको

काठमाडौं – गैरकानुनी सम्पत्ति आर्जन गरेर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासीको पाल्हीनन्दन गाँउपालिकाका पूर्वअध्यक्ष बैजु प्रसाद गुप्ताविरुद्ध

काठमाडौँ – साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडमा सहायक प्रबन्धक (सातौँ तह) पदमा कार्यरत मनोजकुमार झाविरुद्ध शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेस गरेको मुद्दा