"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

वैदेशिक रोजगार विभागका सुब्बा घुससहित आयोगको नियन्त्रणमा

प्रकाशित मिति :  30 November, 2022 2:56 pm


काठमाडौं । वैदेशिक रोजगार विभागमा कार्यरत नायब सुब्बा प्रमोद पाण्डे घुससहित पक्राउ परेका छन् । ३१ वर्षिय पाण्डेलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले ३० हजार घुससहित नियन्त्रणमा लिएको हो ।

योसँगै उनीबाट स्रोत खुल्न नसकेको ३२ हजार ५५ रूपैयाँ पनि बरमाद गरिएको छ । उनले सेवाग्राहीको रोक्का भएको बैंक खाता सुचारू गरिदिने बहानामा ३० हजार रूपैयाँ घुस माग गरेका थिए । सोही सूचनाका आधारमा आयोगको टोलीले पाण्डेलाई कार्यालय बाहिर सडकमा घुस लिएको पाएको हो ।

कार्यालयमा पुगेर खानतलासी गर्दा पाण्डेबाट स्रोत नखुलेको थप ३२ हजार ५५ रूपैयाँ र कउष्ण प्रसाद पाण्डेको एभरेष्ट बैंक हेटौडा शाखाको खाली एक थान चेक पनि फेला परेका आयोगले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – घुस लिएको आरोपमा रौतहका एक जना प्रधानाध्यापकविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । जय किसान माध्यमिक

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुस्थित विश्वमैत्री आधारभूत विद्यालयका प्रधानाध्यापक विश्वम्भर रैदास र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा थारूविरुद्ध आज

काठमाडौं – आन्तरिक राजस्व कार्यालय धरानका तत्कालीन कर अधिकृत तिलक आलेसहित २ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय इलामका तत्कालीन र हाल भोजपुरमा कार्यरत डिभिजनल वन अधिकृत दानबहादुर श्रेष्ठविरुद्ध गैरकानूनी