"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

वैदेशिक रोजगार विभागका सुब्बा घुससहित आयोगको नियन्त्रणमा

प्रकाशित मिति :  30 November, 2022 2:56 pm


काठमाडौं । वैदेशिक रोजगार विभागमा कार्यरत नायब सुब्बा प्रमोद पाण्डे घुससहित पक्राउ परेका छन् । ३१ वर्षिय पाण्डेलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले ३० हजार घुससहित नियन्त्रणमा लिएको हो ।

योसँगै उनीबाट स्रोत खुल्न नसकेको ३२ हजार ५५ रूपैयाँ पनि बरमाद गरिएको छ । उनले सेवाग्राहीको रोक्का भएको बैंक खाता सुचारू गरिदिने बहानामा ३० हजार रूपैयाँ घुस माग गरेका थिए । सोही सूचनाका आधारमा आयोगको टोलीले पाण्डेलाई कार्यालय बाहिर सडकमा घुस लिएको पाएको हो ।

कार्यालयमा पुगेर खानतलासी गर्दा पाण्डेबाट स्रोत नखुलेको थप ३२ हजार ५५ रूपैयाँ र कउष्ण प्रसाद पाण्डेको एभरेष्ट बैंक हेटौडा शाखाको खाली एक थान चेक पनि फेला परेका आयोगले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिना (साउन-जेठ) मा २१ खर्ब २० अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको धनगढीमाई नगरपालिकामा रहेको जनता माध्यमिक विद्यालयका एक शिक्षकमाथि विशेष अदालतमा मुद्दा दायर गरेको

काठमाडौं – गैरकानुनी सम्पत्ति आर्जन गरेर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासीको पाल्हीनन्दन गाँउपालिकाका पूर्वअध्यक्ष बैजु प्रसाद गुप्ताविरुद्ध