"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

गाउँपालिकाका पूर्वअध्यक्षसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

प्रकाशित मिति :  2 December, 2022 2:48 pm


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको चक्रघट्टा गाउँपालिकाका पूर्वअध्यक्षसहित चारजनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

अख्तियारले शुक्रबार चक्रघट्टा गाउँपालिकाका तत्कालीन अध्यक्ष विक्रम यादव, निमित्त प्रमुख प्रशासकीय अधिकृत मुकेशकुमार पाठक, इन्जिनियर अजय यादव र लेखापाल शिवशंकरप्रसाद कुसवाहाविरुद्ध मुद्दा दर्ता गरेको हो ।

आयोगले चक्रघट्टा गाउँपालिकाको आर्थिक वर्ष २०७५/०७६ मा वहिदको जग्गादेखि ढङ्ग्रा खोलासम्म पक्की नाला निर्माणस्थलमा भए गरेको कार्यभन्दा बढी तथा साइटमा नगरे नगराएको परिमाणको कार्य भएको भनी नापी किताबमा चढाई तीन लाख ४१ हजार पाँच सय ४४ रुपैयाँ भ्रष्टाचार गरेको आरोपसहित मुद्दा दर्ता गरेको हो ।

तत्कालीन अध्यक्ष यादव, वडाध्यक्ष अब्दुल अहद कवारी, गाउँ कार्यपालिका सदस्यहरु विजयकुमार चौधरी र विनोद साह, निमित्त प्रमुख प्रशासकीय अधिकृत मुकेशकुमार पाठक, इन्जिनियर अजय यादव र सवइन्जिनियर जितेन्द्र यादवलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२)० वमोजिम सजाय हुन मागदाबी गरेको छ । यादव माओवादीबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको धनगढीमाई नगरपालिकामा रहेको जनता माध्यमिक विद्यालयका एक शिक्षकमाथि विशेष अदालतमा मुद्दा दायर गरेको

काठमाडौं – गैरकानुनी सम्पत्ति आर्जन गरेर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासीको पाल्हीनन्दन गाँउपालिकाका पूर्वअध्यक्ष बैजु प्रसाद गुप्ताविरुद्ध

काठमाडौँ – साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडमा सहायक प्रबन्धक (सातौँ तह) पदमा कार्यरत मनोजकुमार झाविरुद्ध शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेस गरेको मुद्दा