"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

स्ववियु निर्वाचन चैत ५ गते गर्ने प्रस्ताव

प्रकाशित मिति :  २१ पुष २०७९, बिहीबार १५:२९


काठमाडौं ।  त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन चैत ५ गते गर्ने तयारी थालेको छ।  त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले चैत ५ गते स्ववियु निर्वाचन गर्ने प्रस्ताव त्रिवि कार्यकारी परिषद्समक्ष पेश गरेको हो। 

निर्देशनालयका प्रमुख पशुपति अधिकारीका अनुसार स्ववियु निर्वाचन चैत ५ गते गर्ने प्रस्ताव गरिएको हो। अधिकारीले भने, ‘विद्यार्थी कल्याण परिषदको बिहीबार बसेको बैठकले चैत ५ गते निर्वाचन गर्न कार्यकारी परिषद् समक्ष प्रस्ताव पेश गरेको हो। कार्यकारी परिषदले प्रस्ताव पास गरेमा छिट्टै निर्वाचन कार्यतालिका प्रकाशन गर्छौ।’ 

देशभर ६२ आंगिक क्याम्पस रहेका छन्। त्रिविले लामो समयदेखि स्ववियु निर्वाचन गराउन सकेको थिएन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृतिभित्र राजनीतिको रोटी सेक्ने प्रवृत्ति गलत हुने बताएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा सोमबार ‘नेपाल

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले पिछडिएका वर्ग, क्षेत्र, लिंग र जातजातिलाई शिक्षाको मूलधारमा समाहित गरी गुणस्तरीय शिक्षाको समान अवसरको वितरण गर्नुपर्नेमा

काठमाडौं। काठमाडौ विश्वविद्यालयको २९औ दीक्षान्त समारोहमा २ हजार ३ सय १४ जना विद्यार्थी दीक्षित भएका छन्। शुक्रबार काठमाडौ विश्वविद्यालय परिसरमा

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धका दर्शन र सन्देशलाई शिक्षाका माध्यमबाट विस्तार गर्नुपर्ने बताएका छन् । लुम्बिनी बौद्ध विश्वविद्यालयको १६ औं सभा