"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

त्रिभुवन विमानस्थल आन्तरिक टर्मिनल प्रमुख प्रबन्धक कार्यकक्षबाट पक्राउ

प्रकाशित मिति :  24 January, 2023 11:19 am


काठमाडाैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्‍डयन कार्यालय, आन्तरिक टर्मिनल व्यवस्थापन शाखाका प्रमुख प्रबन्धक पूर्णप्रसाद चुडालको कार्यकक्षबाट ८ लाख रूपैयाँ बरामद भएको छ।

नवौं तहका कर्मचारी चुडाललाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले सोमबार उनकै कार्यकक्षबाट पक्राउ गरेको हो। पक्राउ गरी कार्यकक्षमा खोजी गर्ने क्रममा दराजबाट स्रोत नुखलेको ८ लाख रूपैयाँ बरामद भएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए। 

चुडालले विमानस्थलको आन्तरिक टर्मिनलसम्म आवतजावत गर्न पास उपलब्ध गराएर सहजीकरण गरिदिएको भन्दै सेवाग्राहीसँग साढे एक लाख रूपैयाँ मागेका थिए।

घुस मागेको भन्ने सूचना पाएपछि अख्तियार कार्यालय टंगालबाट टोली खटिएको थियो। प्रवक्ता भण्डारीका अनुसार चुडालले उक्त घुस रकम लिइसकेपछि अख्तियारको टोली पुगेको थियो। 

घुस लिएपछि कार्यकक्षमा चेक गर्दा दराजबाट स्रोत नखुलेको ८ लाख बरामद भएको हो। रकमसँगै विभिन्न ब्रान्डका ९ वटा मदिराका बोतल, ५ वटा मोबाइल र एउटा डायरी पनि बरामद भएको छ।

उनीमाथि थप अनुसन्धान अघि बढाएको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको धनगढीमाई नगरपालिकामा रहेको जनता माध्यमिक विद्यालयका एक शिक्षकमाथि विशेष अदालतमा मुद्दा दायर गरेको

काठमाडौं – गैरकानुनी सम्पत्ति आर्जन गरेर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासीको पाल्हीनन्दन गाँउपालिकाका पूर्वअध्यक्ष बैजु प्रसाद गुप्ताविरुद्ध

काठमाडौँ – साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडमा सहायक प्रबन्धक (सातौँ तह) पदमा कार्यरत मनोजकुमार झाविरुद्ध शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेस गरेको मुद्दा