"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

२०८० सालको विद्यालय तहको शैक्षिक सत्र वैशाख १ देखि

प्रकाशित मिति :  29 January, 2023 3:05 pm


काठमाडौं । आगामी २०८० को विद्यालय तहको शैक्षिक सत्र वैशाख १ गतेदेखि सुरु हुनेभएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार कोरोना महामारीले बिथोलेको शैक्षिक सत्र आगामी वर्षदेखि वैशाख १ गतेदेखि नै हुने जानकारी दिए । मन्त्रालयले एक वर्षअघि नै गरेको निर्णयलाई अहिले पुनः जानकारी मात्र गराएको उनको भनाइ छ ।

उनले भने, “२०८० सालदेखि शैक्षिक सत्र पुरानै तरिकाबाट वैशाख १ गतेदेखि सुरु गर्ने मन्त्रालयको निर्णय थियो । अहिले धेरै विद्यालयको चासो विद्यार्थी अभिभावकलाई पनि चासोको भएका कारण अहिले पुनर्ताजकी मात्र गराएका हौँ ।”

पहिले कोरोना महामारीका कारण २०७७ को शैक्षिक सत्र सरेर २०७८ को जेठसम्म चलेको थियो । २०७८ को शैक्षिक सत्र असारदेखि २०७९ को वैशाखसम्म चल्यो । २०७९ को जेठदेखि चलेको शैक्षिक सत्र भने चैतमै सकेर आगामी सालको वैशाख १ गतेदेखि पुरानै तरिकाले शैक्षिक सत्र सुरु गर्ने तयारी मन्त्रालयको रहेको उनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ-  २०८२ को एसईईमा ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। परीक्षा नियन्त्रणका अनुसार ४.१७ प्रतिशतले नतिजामा सुधार आएको हो। गत वर्ष

काठमाडौँ- सरकारले विद्यालय तथा उच्च शिक्षामा भर्नाका लागि सञ्चालन हुँदै आएको ‘ब्रिज कोर्स’ बन्द गराउने निर्णय गरेको छ। शिक्षामन्त्री सस्मित पोखरेलले

काठमाडौं – पीएचडी नै नगरी झुटो विवरणका आधारमा त्रिभुवन विश्वविद्यालयको सहपरीक्षा नियन्त्रक नियुक्त गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन

काठमाडौं – घुस लिएको आरोपमा रौतहका एक जना प्रधानाध्यापकविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । जय किसान माध्यमिक