"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सरकारी साक्षीका रूपमा बयान फेर्नेविरुद्ध भ्रष्टाचार मुद्दा

प्रकाशित मिति :  1 February, 2023 10:24 am


काठमाडौँ । सरकारी साक्षीका रूपमा उपस्थित भएर अख्तियार दुरुपयोग अनुसन्धान आयोग र विशेष अदालतमा प्रतिकूल बयान दिएका दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। 

कञ्चनपुरको भीमदत्त नगरपालिकामा आर्थिक वर्ष २०७३/७४ मा पोस्ट हार्भेस्ट सेन्टर र कस्टम हायरिङ सेन्टर स्थापनाको क्रममा भ्रष्टाचार भएको दाबीसहित विशेष अदालतमा दायर भएको मुद्दामा आयोग र अदालतमा फरक–फरक बयान दिएका छोटेलाल चौधरी र जनकराज बोहोराविरुद्ध मुद्दा दायर गरिएको हो। 

उक्त मुद्दामा आयोगले चौधरी र बोहोरालाई प्रतिवादी नबनाई साक्षीका रूपमा पेस गरेको थियो तर विशेष अदालतमा साक्षीका रूपमा उपस्थित हुँदा दुवै जनाले आयोगबाट अनुसन्धानका क्रममा दिएको बयानको प्रतिकूल हुने गरी बकपत्र गरेका थिए। चौधरी र बोहोरालाई उक्त मुद्दामा मुख्य दोषी देखिएका दशरथ भण्डारी र टङ्कप्रसाद रिजालभन्दा आधा कम सजाय माग गरिएको आयोगले जनाएको छ। 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको धनगढीमाई नगरपालिकामा रहेको जनता माध्यमिक विद्यालयका एक शिक्षकमाथि विशेष अदालतमा मुद्दा दायर गरेको

काठमाडौं – गैरकानुनी सम्पत्ति आर्जन गरेर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासीको पाल्हीनन्दन गाँउपालिकाका पूर्वअध्यक्ष बैजु प्रसाद गुप्ताविरुद्ध

काठमाडौँ – साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडमा सहायक प्रबन्धक (सातौँ तह) पदमा कार्यरत मनोजकुमार झाविरुद्ध शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेस गरेको मुद्दा