"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सरकारी साक्षीका रूपमा बयान फेर्नेविरुद्ध भ्रष्टाचार मुद्दा

प्रकाशित मिति :  1 February, 2023 10:24 am


काठमाडौँ । सरकारी साक्षीका रूपमा उपस्थित भएर अख्तियार दुरुपयोग अनुसन्धान आयोग र विशेष अदालतमा प्रतिकूल बयान दिएका दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। 

कञ्चनपुरको भीमदत्त नगरपालिकामा आर्थिक वर्ष २०७३/७४ मा पोस्ट हार्भेस्ट सेन्टर र कस्टम हायरिङ सेन्टर स्थापनाको क्रममा भ्रष्टाचार भएको दाबीसहित विशेष अदालतमा दायर भएको मुद्दामा आयोग र अदालतमा फरक–फरक बयान दिएका छोटेलाल चौधरी र जनकराज बोहोराविरुद्ध मुद्दा दायर गरिएको हो। 

उक्त मुद्दामा आयोगले चौधरी र बोहोरालाई प्रतिवादी नबनाई साक्षीका रूपमा पेस गरेको थियो तर विशेष अदालतमा साक्षीका रूपमा उपस्थित हुँदा दुवै जनाले आयोगबाट अनुसन्धानका क्रममा दिएको बयानको प्रतिकूल हुने गरी बकपत्र गरेका थिए। चौधरी र बोहोरालाई उक्त मुद्दामा मुख्य दोषी देखिएका दशरथ भण्डारी र टङ्कप्रसाद रिजालभन्दा आधा कम सजाय माग गरिएको आयोगले जनाएको छ। 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – घुस लिएको आरोपमा रौतहका एक जना प्रधानाध्यापकविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । जय किसान माध्यमिक

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुस्थित विश्वमैत्री आधारभूत विद्यालयका प्रधानाध्यापक विश्वम्भर रैदास र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा थारूविरुद्ध आज

काठमाडौं – आन्तरिक राजस्व कार्यालय धरानका तत्कालीन कर अधिकृत तिलक आलेसहित २ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय इलामका तत्कालीन र हाल भोजपुरमा कार्यरत डिभिजनल वन अधिकृत दानबहादुर श्रेष्ठविरुद्ध गैरकानूनी