"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

पर्सा मालपोतका प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा

प्रकाशित मिति :  3 February, 2023 5:03 pm


काठमाडौं । युवा स्पोट्र्स क्लबको जग्गा व्यक्तिको नाममा गरेको अभियोगमा भूमिसुधार तथा मालपोत कार्यालय, पर्साका प्रमुखसहित ६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय प्रमुख कमोद तिवारी, तत्कालीन नायब सुब्बा शम्भु साह रौनियार, तत्कालीन खरिदार शिवप्रसाद साह तेली, रिन्ता कुमारी र वीरगञ्ज ३१ का खेख सफी अहदमविरुद्ध मुद्दा दायर गरेको हो ।

उनीहरुले स्पोट्र्स क्लबको नाममा रहेको साविकको बेल्वा गाविस ८ मा रहेको १ रोपनी ५ आना जग्गा शेष सफी अहमदको नाममा गराएका थिए । यसका लागि फिल्ड प्रतिवेदन, निर्णयको टिप्पणी समेत पेश गरेर निर्णय गराएका थिए भने आफ्नो गलत निर्णय ढाकछोप गर्न मोठ समेत च्यातिएको अख्तियारको दाबी छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – घुस लिएको आरोपमा रौतहका एक जना प्रधानाध्यापकविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । जय किसान माध्यमिक

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुस्थित विश्वमैत्री आधारभूत विद्यालयका प्रधानाध्यापक विश्वम्भर रैदास र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा थारूविरुद्ध आज

काठमाडौं – आन्तरिक राजस्व कार्यालय धरानका तत्कालीन कर अधिकृत तिलक आलेसहित २ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय इलामका तत्कालीन र हाल भोजपुरमा कार्यरत डिभिजनल वन अधिकृत दानबहादुर श्रेष्ठविरुद्ध गैरकानूनी