"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

विशेष प्राविधिक शिक्षा छात्रवृत्तिको लागि भर्ना आवेदन माग

प्रकाशित मिति :  21 February, 2023 1:09 pm


काठमाडौं । प्राविधि शिक्षा तथा व्यावसायिक तालिम परिषद्, परीक्षा नियन्त्रण कार्यालयले विशेष प्राविधिक शिक्षा छात्रवृत्तिको लागि भर्ना आवेदन खुला गरेको छ ।

कार्यालयले देशभरका विपन्न, दलित र मुस्लिम समुदायका १६० जना छात्रछात्राहरुलाई प्रि–डिप्लोमा तह र ४ सय जनालाई डिप्लोमा/प्रमाणपत्र तहमा निःशुल्क अध्ययन गर्न प्रवेश परीक्षाको आवेदन खुला गरेको हो । आर्थिक वर्ष २०७९/०८० को बजेट तथा कार्यक्रममा व्यवस्था भए आवेदन माग गरिएको कार्यालयले जनाएको छ ।

सो बमोजिम प्रादेशिक सन्तुलन कायम हुनेगरी देशभरका विपन्न, दलित र मुस्लिम समुदायका १६० जना छात्रछात्राहरुलाई प्रि–डिप्लोमा तह र ४ सय जनालाई डिप्लोमा/प्रमाणपत्र तहमा विशेष छात्रवृत्ति कार्यक्रम अन्तर्गत प्राविधिक शिक्षा अध्ययन गर्न परीक्षार्थी छनौटका लागि आवेदन माग गरेको छ । कार्यालयको अनुसार इच्छुक आवेदकले निःशुल्क आवेदन दिन सक्नेछन् ।

कार्यालयको अनुसार फागुन ८ गतेदेखि फागुन २८ गतेसम्म इच्छुक आवेदकले आवेदन दिनुपर्नेछ भने परीक्षा चैत ११ गते हुनेछ । परीक्षा प्रदेशगत सञ्चालन हुनेछ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ-  २०८२ को एसईईमा ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। परीक्षा नियन्त्रणका अनुसार ४.१७ प्रतिशतले नतिजामा सुधार आएको हो। गत वर्ष

काठमाडौँ- सरकारले विद्यालय तथा उच्च शिक्षामा भर्नाका लागि सञ्चालन हुँदै आएको ‘ब्रिज कोर्स’ बन्द गराउने निर्णय गरेको छ। शिक्षामन्त्री सस्मित पोखरेलले

काठमाडौं – पीएचडी नै नगरी झुटो विवरणका आधारमा त्रिभुवन विश्वविद्यालयको सहपरीक्षा नियन्त्रक नियुक्त गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन

काठमाडौं – घुस लिएको आरोपमा रौतहका एक जना प्रधानाध्यापकविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । जय किसान माध्यमिक