"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष घुससहित पक्राउ

प्रकाशित मिति :  30 March, 2023 7:15 pm


रूपन्देही । शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष र बिचौलिया ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्। अख्तियार दुरूपयोग अनुसनधान आयोगले बिहीबार उनीहरू ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए।

प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणि मरासिनी, वडा नम्बर ७ का वडाध्यक्ष भीमबहादुर यादव र बिचौलिया विनोद भर पक्राउ परेका हुन्। उत्खनन् गरी घाटगद्दीमा रहेको नदीजन्य पदार्थ बिक्री आदेशको म्याद थप तथा बिक्री आदेश दिने प्रयोजनको लागि मरासिनी र यादवले सेवाग्राहीसँग ५० हजार घुस माग गरेका थिए।

उक्त सूचना अख्तियारले पाएपछि बुटवलबाट खटिएको टोलीले तीन जनालाई घुस लिइसकेको अवस्थामा गाउँ कार्यपालिकाको कार्यालयबाट पक्राउ गरेको हो। उनीहरूमाथि थप अनुसन्धान भइरहेको बताइएको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – घुस लिएको आरोपमा रौतहका एक जना प्रधानाध्यापकविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । जय किसान माध्यमिक

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुस्थित विश्वमैत्री आधारभूत विद्यालयका प्रधानाध्यापक विश्वम्भर रैदास र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा थारूविरुद्ध आज

काठमाडौं – आन्तरिक राजस्व कार्यालय धरानका तत्कालीन कर अधिकृत तिलक आलेसहित २ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय इलामका तत्कालीन र हाल भोजपुरमा कार्यरत डिभिजनल वन अधिकृत दानबहादुर श्रेष्ठविरुद्ध गैरकानूनी