"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा २८ सांसदको संशोधन प्रस्ताव

प्रकाशित मिति :  8 April, 2023 11:43 am


काठमाडौँ । संक्रमणकालीन न्याय निरुपणका लागि सरकारले प्रतिनिधिसभामा प्रस्तुत गरेको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकमा २८ सांसदले संशोधनको प्रस्ताव दर्ता गरेका गरेका छन्।

विधेयक लागि सत्तापक्ष र प्रतिपक्षी दलका सांसदहरूले संसोधन प्रस्ताव दर्ता गरेका हुन्। एमालेका सांसद गोकुल बाँस्कोटादेखि कांग्रेसका गगन थापा हुँदै नेकपा एसका मेटमणि, जसपाका प्रदीप यादवसहितले प्रस्ताव दर्ता गरेका हुन्।

सांसदहरूले विधेयकमा रहेको मृत्यु भएको,बेपत्ता पारिएको, थुनामा रहेको व्यक्तिको मृत्यु भएको शब्दको सट्टा सशस्त्र द्वन्द्वको समयमा राखिएका बारुदी सुरुङ र विस्फोटक पदार्थको विस्फोटनमा परी मृत्यु भएका, शारीरिक तथा मानसिक रूपमा हानी नोक्सानी पुगेका व्यक्ति’ राख्न माग गरेका छन्।

त्यस्तै सांसदहरूले विधेयकका अन्य दफा उपदफामा भएका शब्दहरू फेर्न भनेका छन्।  सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरूले १८६ बुँदामा संशोधन प्रस्ताव दर्ता गराएका हुन्।

यस्तो छ संशोधन प्रस्ताव:



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं — प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले सुकुमवासी समस्या, महंगी नियन्त्रण, सुशासनका विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् । प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद

काठमाडौँ- सर्वोच्च अदालतले सरकारले गठन गरेको उच्चस्तरीय सम्पत्ति जाँचबुझ आयोगको काम कारबाहीमाथि रोक लगाएको छ। आयोगले पूर्वन्यायाधीश र अख्तियारका पदाधिकारीबाहेक अरुको

काठमाडौँ — प्रतिनिधिसभाको आजको बैठकमा पनि प्रमुख प्रतिपक्षसहित विपक्षी दलहरूले सीमा विवादसम्बन्धी विषयमा सरकारको स्पष्ट जवाफ माग गर्दै विरोधलाई निरन्तरता

काठमाडौं — प्रतिनिधिसभाको बिहीबार बसेको बैठकले सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ पारित भएको छ । विधेयकमाथिको