"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

पत्रपत्रिकामा खानेकुरा प्याक गर्न प्रतिबन्ध

प्रकाशित मिति :  3 May, 2023 11:22 am


काठमाडौँ । सरकारले तयारी खाना तथा खाजाका परिकार पत्रपत्रिकामा प्याक गर्न प्रतिबन्ध लगाउने तयारी गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक डा. मतिना जोशी वैद्यले स्वास्थ्यका लागि असर पार्ने रसायन प्रिन्टेड पत्रपत्रिकामा हुने भएकाले स्ट्रिट फुड प्याक गर्ने काममा त्यसलाई प्रयोग गर्न प्रतिबन्ध लगाउने गरी कार्यविधि निर्माणको काम थालिएको बताइन् ।

मंगलबारबाट काठमाडौंमा सुरु भएको खाद्य स्वच्छतासम्बन्धी प्रशिक्षण कार्यक्रममा बोल्दै उनले सस्तो र मिठो हुने भएकाले स्ट्रिट फूडको उपयोग बढ्दै गइरहेको तर स्वच्छता ल्याउन सरकारले पत्रपत्रिका प्रयोगमा प्रतिबन्ध लगाउन चाहेको पनि स्पष्ट पारिन् ।

महानिर्देशक वैद्यले स्ट्रिट फुड र तरकारी तथा फलफूल बजारलाई स्वच्छ राख्नका लागि सरकारले जनचेतनामूलक कार्यक्रमलाई पनि स्थानीय तहहरुसँग मिलेर अघि बढाएको बताइन् । ‘केही सस्तो र मिठो खाजाको रुपमा स्ट्रिट फुड राम्रो विकल्प हो’ उनले भनिन् ‘तर स्ट्रिट फुड प्वाइजनिङ हुनुभएन, पत्रपत्रिकामा प्याक गर्दा प्वाइजनिङ हुन्छ, यसमा सुधार गर्नु अत्यन्तै जरुरी छ ।’

चटपटे, पानीपुरी लगायत अन्य तयारी परिकार पत्रपत्रिकाकामा प्याक गरेर खाने चलनलाई तुरुन्तै हटाउनुपर्ने उनले बताइन् । प्रिन्टेड पेपरमा खानेकुरा राख्दा विष मिसिने भएकाले नियन्त्रण गर्नका लागि तुरुन्तै प्रतिबन्ध लगाउनुपर्ने जोशीले बताइन् । ‘पहिले सचेतना बढाउने र क्रमशः प्रतिबन्ध लगाएर खाद्य ऐन बमोजिमको बाटोमा लाग्नुपर्ने देखिन्छ’ उनले भनिन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सरकारले जेठ १४ गते बकर ईद (ईद-उल-अज्हा)को अवसरमा सार्वजनिक बिदा दिएको छ। शुक्रबार गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द

काठमाडौं – विश्व स्वास्थ्य संगठनको (डब्लूएचओ) को ७९औँ विश्व स्वास्थ्य महासभामा नेपालले उपाध्यक्षको जिम्मेवारी पाएको छ ।जेनेभामा सोमबार आयोजित महासभाको

काठमाडौं – ट्राफिक प्रहरीले ३१ जनाको सवारी लाइसेन्स निलम्बन गर्न सिफारिस गरेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ३१ जनाको

काठमाडौँ- सरकारले वरिष्ठ चिकित्सक एवं चिकित्सा शिक्षाविद् प्रा.डा.जगदिश प्रसाद अग्रवाललाई प्रधानमन्त्री वालेन्द्र शाहको अवैतनिक स्वास्थ्य सल्लाहकारमा नियुक्त गरेको छ। मंगलबार बसेको