"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

जनस्वास्थ्य प्रयोगशाला टेकुका अधिकृत ५० हजार घुससहित पक्राउ

प्रकाशित मिति :  9 June, 2023 1:14 pm


काठमाडौं । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, काठमाडौंमा कार्यरत मेडिकल ल्याब टेक्नोलोजिष्ट (अधिकृत छैठौ तह) लेखनाथ भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ परेको छ ।

उनलाई ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा आज शुक्रबार रकमसहित काठमाडौंको शंखमुलबाट पक्राउ गरिएको अख्तियारको प्रवक्ता भोला दाहालले जानकारी दिए ।

उनले ल्याब दर्ता प्रक्रिया अगाडि बढाउन सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले भट्टराईलाई पक्राउ गरेको उनले बताए ।

पक्राउ परेका भट्टराईमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको धनगढीमाई नगरपालिकामा रहेको जनता माध्यमिक विद्यालयका एक शिक्षकमाथि विशेष अदालतमा मुद्दा दायर गरेको

काठमाडौं – गैरकानुनी सम्पत्ति आर्जन गरेर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासीको पाल्हीनन्दन गाँउपालिकाका पूर्वअध्यक्ष बैजु प्रसाद गुप्ताविरुद्ध

काठमाडौँ – साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडमा सहायक प्रबन्धक (सातौँ तह) पदमा कार्यरत मनोजकुमार झाविरुद्ध शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेस गरेको मुद्दा