"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

जनस्वास्थ्य प्रयोगशाला टेकुका अधिकृत ५० हजार घुससहित पक्राउ

प्रकाशित मिति :  9 June, 2023 1:14 pm


काठमाडौं । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, काठमाडौंमा कार्यरत मेडिकल ल्याब टेक्नोलोजिष्ट (अधिकृत छैठौ तह) लेखनाथ भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ परेको छ ।

उनलाई ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा आज शुक्रबार रकमसहित काठमाडौंको शंखमुलबाट पक्राउ गरिएको अख्तियारको प्रवक्ता भोला दाहालले जानकारी दिए ।

उनले ल्याब दर्ता प्रक्रिया अगाडि बढाउन सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले भट्टराईलाई पक्राउ गरेको उनले बताए ।

पक्राउ परेका भट्टराईमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – घुस लिएको आरोपमा रौतहका एक जना प्रधानाध्यापकविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । जय किसान माध्यमिक

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुस्थित विश्वमैत्री आधारभूत विद्यालयका प्रधानाध्यापक विश्वम्भर रैदास र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा थारूविरुद्ध आज

काठमाडौं – आन्तरिक राजस्व कार्यालय धरानका तत्कालीन कर अधिकृत तिलक आलेसहित २ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय इलामका तत्कालीन र हाल भोजपुरमा कार्यरत डिभिजनल वन अधिकृत दानबहादुर श्रेष्ठविरुद्ध गैरकानूनी