"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

उपेन्द्र सुब्बाको दोस्रो चलचित्र ‘मनसरा’को छायाङ्कन सुरु

प्रकाशित मिति :  10 January, 2024 12:56 pm


काठमाडौँ। डेब्यू चलचित्र ‘जारी’को व्यावसायिक सफलतापछि लेखक तथा निर्देशक उपेन्द्र सुब्बाले दोस्रो चलचित्र ‘मनसरा’को छायाङ्कन सुरु गरेका छन् । ललितपुरको नख्खुमा रहेको एक मन्दिरमा चलचित्रको पूजाआजा गर्दै सुब्बाले छायाङ्कन सुरु गरेका हुन् । छायाङ्कनको पहिलो दिन चलचित्रकी शीर्ष अभिनेत्री मिरुना मगर र अभिनेता प्रवीण खतिवडाको दृश्य खिचिएको छ ।

यो चलचित्रमा अभिनेता दयाहाङ राईको जोडीका रूपमा मिरुना रहेकी छन् । दयाहाङ यति बेला चलचित्र ‘डिग्री माइला’को छायाङ्कनका लागि रुम्जाटारमा छन् । लेखक तथा निर्देशक सुब्बाले चलचित्र ललितपुर र पाँचथरमा छायाङ्कन गरिने बताए । यो चलचित्र २०८१ वैशाख २१ गते रिलिज हुनेछ ।

यो चलचित्रमा मेनुका प्रधानको पनि अभिनय रहनेछ । शैलेन्द्र ध्वज कार्कीको छायाङ्कन रहने चलचित्रमा उनी नै निर्माता छन् । 

कबड्डी फिल्म्स्को ब्यानरमा ‘मनसरा’ निर्माण हुन लागेको हो । एप्पल इन्टरटेनमेन्टले वितरण गर्ने चलचित्रको डिजिटल पार्टनरका रूपमा जी–२१ रहेको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- साहित्यकार श्रवण मुकारुङको उपन्यास ‘सलह’ सार्वजनिक गरिएको छ । उपन्यासकार मुकारुङले आफ्नो पुस्तक संगीतकार कालीप्रसाद बाँस्कोटा, सिनेमा निर्देशक रामबाबु गुरुङ

काठमाडौं – टीकापुरमा ‘टीकापुर साहित्य महोत्सव २०८२’ (तेस्रो संस्करण) सफलतापूर्वक सम्पन्न भएको छ । टीकापुर साहित्य समाज र सुदूरपश्चिम प्रज्ञाप्रतिष्ठानको

काठमाडौँ – चलचित्र विकास बोर्डले २०८२ सालको राष्ट्रिय तथा विशेष चलचित्र पुरस्कारमा सहभागिताका लागि आवेदन आह्वान गरेको छ। बोर्डले एक सूचना

काठमाडौँ- राष्ट्रियसभाबाट ‘चलचित्र विधेयक २०८१’ सर्वसम्मतले पारित भएको छ। सिंहदरबारमा बुधबार बसेको बैठकमा प्रधानमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री सुशीला कार्कीको